७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ: प्रम देउवा

तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ: प्रम देउवा
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामीले ‘निरोगीताका लागि योग’ भन्ने भाव सबैमा पु¥याउन जरुरी छ ।”

उहाँले अन्तर्राष्ट्रिय योग दिवस, जुन २१ को अवसरमा सम्पूर्ण मानव जगत्मा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको बताउनुभयो ।

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन मित्रराष्ट्र भारतले संयुक्त राष्ट्रसङ्घमा राखेको प्रस्तावमा नेपालले समर्थन गरेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले यस वर्ष ‘मावनीयताका लागि योग’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ८औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गरेको उल्लेख गर्नुभयो ।

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवन पद्धति हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग र भक्तियोगले मानिसको जीवनलाई सार्थक बनाउँदछ भनी गर्नुभएको मार्गदर्शन दिव्योपदेशको रूपमा रहेको छ । हिमालय पर्वत शृङ्खला ऋषिमुनिको पवित्र तपोभूमिको रूपमा रहेकोले यस क्षेत्रलाई आदिमकालदेखि नै योगको जननीको रूपमा चिनिने बताउँदै उहाँले हाम्रो वैदिक सभ्यतासँग समेत प्रत्यक्ष सम्बन्ध रहेको योगले नेपाल–भारत बीचको सम्बन्ध, भाइचारा र सहिष्णुता थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

महर्षि पतञ्जलीले सुदृढ आधार दिनुभएको अष्टाङ्ग योगाभ्यास, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलगायत योगका विभिन्न अभ्यास आज विश्वभर फैलिँदो क्रममा छन् । प्रधानमन्त्री देउवाले शारीरिक अभ्यास, योग चिकित्सा र उपचार शारीरिकरुपमा मात्र नभई आध्यात्मिक दृष्टिकोणले पनि हाम्रो लागि लाभदायी एवं उपयोगी हुने बताउनुभयो । उहाँले ‘योग गरौँ स्वस्थ बनौँ’ भन्ने सन्दर्भ र योगाभ्यासको महत्वपूर्ण पक्ष विश्वव्यापी बनेको बताउँदै अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक ऊर्जा प्रवाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।