२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक



file photo
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक यही असार १० र ११ गते काठमाडौँमा बस्ने भएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिनुभयो ।

केन्द्रीय नेताद्वारा सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे प्रस्तुत गरिने बैठकमा मुलुकको समसामयिक अवस्थाबारे पनि छलफल हुनेछ ।

आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने तथा पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिने बैठकमा केही विषयसूची पोलिटब्यूरो बैठकले पनि तयार गर्नेछ ।

केन्द्रीय कमिटीको बैठक सम्पन्न भए लगत्तै पार्टीले केन्द्रीय परिषद्को बैठक यही असार १३ र १४ गते बोलाएको छ । पार्टीले देशभर तीव्र गतिमा सङ्गठन विस्तार गरी राजनीतिक अभियान सञ्चालन गर्दै आएको छ ।