७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश
अ+ अ-

काठमाडौं । मानव बेचबिखन, ओसारपसार र बालयौन दुरुपयोगको गरेको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैशी पुर्पक्षका कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ जिल्ला अदालतको सोमबारको आदेशले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरिएको हो ।

बालयौन दुरुपयोग र मानव बेचबिखन तथा ओसारपसारमा जाहेरी परेपछि पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि परिसरमा बुझाएको थियो ।

पाण्डेमाथि आफूलाई बालयौन दुरुपयोग गरेकोलगायत विषय उल्लेख गरी पीडितले मुलुकी अपराध (संहिता)ऐन, २०७४ को परिच्छेद–१८ को बालयौन दुरुपयोग गर्न नहुने कसुरमा गत जेठ ८ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । पीडितकी आमाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन, २०६४ को कसुरमा जेठ ९ गते अर्को जहेरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

जाहेरीमा पाण्डेमाथि कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा विभिन्न स्थानमा बोलाई डर, त्रासमा पारी धाक, धम्की दिई पेयपदार्थ भनी नसालु पदार्थ खुवाएर बेहोस बनाइ नियन्त्रणमा राखी आफूले जबरजस्ती करणी गरी वेश्यावृत्तिमा लगाउने गरेको आरोप छ ।

दुवै जाहेरी दर्ता गरी जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रारम्भ गरेकामा जिल्ला सरकारी वकीलको कार्यालयमार्फत गत जेठ २७ गते काठमाडौँ जिल्ला अदालतमा आरोपपत्र दर्ता भएको थियो । आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको नाममा आफुमाथि जबरजस्ती करणी गरेको भन्दै पीडितले जेठ ४ गते सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेकी थिइन् ।

हदम्यादका कारण करणी मुद्दा चलाउन अफ्ठेरो परेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसको सर्वत्र विरोध भएको थियो भने सडकदेखि सदनसम्म हदम्याद हटाउन माग भएको थियो । यसपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुव्र्यवहारमा अनुसन्धान थालेकामा सोही कसुरमा अदालतमा आरोपपत्र दर्ता भएको हो ।