७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पर्यटन व्यवसाय आबद्ध संगठनद्वारा मन्त्री आलेलाई बर्खास्त गर्न माग

पर्यटन व्यवसाय आबद्ध संगठनद्वारा मन्त्री आलेलाई बर्खास्त गर्न माग
file photo
अ+ अ-

काठमाडौं । पर्यटन व्यवसाय आबद्ध संगठनहरूले पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री आलेले अश्लील बोलेको अडिओ बाहिरिएसँगै आलोचित बनेका आलेलाई नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बर्खास्तको माग गरेका हुन् ।

ती संगठनले लुम्बीनी विकास कोषको गुरुयोजनामा आलेले चलखेल गरेको आरोप समेत लगाएका छन् ।

यस्तो छ विज्ञप्तीः
अतिथि देवो भवः को मुल नारा सहित सभ्य संस्कृतिको संरक्षण र पर्यटनको बिकास द्वारा नेपाली जनताको जिवनस्तर उकास्ने उद्धेश्य र परिकल्पनाका साथ संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयलाई राज्यको तर्फबाट स्थापना गरिएको हो र यस मन्त्रालय अन्तर्गत विगतमा भए गरेका काम प्रति पर्यटनका निजी क्षेत्रको केहि गुनासो भए पनि नेपालको पर्यटन विकास र विस्तार तथा हाम्रो सामाजिक मूल्य र मान्यतालाई सिरोपर गर्दै बिगतमा यस मन्त्रालयले गरेको राम्रा कामहरु प्रती हामीलाई गर्व पनि छ । तर यस्तो महत्वपूर्ण मन्त्रालयको मन्त्रीजस्तो गरिमामय पद सम्हाल्न पुगेका वर्तमान मन्त्री प्रेम आलेले विगतदेखी वर्तमानसम्म प्रदर्शन गर्दै आएको हरकतहरु, सर्वसाधारण देखी आफै मातहतका कर्मचारी माथि व्यक्त गरेको असभ्य र अश्लिल गाली बेइज्जती र गुन्डागर्दी, पदिय मर्यादा र जिम्वेवारीलाई चटक्कै बिर्सेर आफ्ना कार्यकर्ताहरु लाई जागिर नलगाएको भन्दै नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नु सम्मका दुव्यवहारजन्य र अनैतिक कार्यले गर्दा नेपाल सरकारका मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिदै स्वयम त ईतिहासकै बदनाम मन्त्री भएकै छन तर सरकार र हामी निजी क्षेत्रले समेत सिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ । समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरेका यस्ता अश्लिल र अराजक अभिव्यक्ती र गुन्डागर्दिको व्यवहार सभ्य समाजका लागि स्वीकार्य हुनै सक्दैन ।

आफु अध्यक्ष रहेको लुम्बिनी बिकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको ब्यबसायी कम्पनीसँग सिधै प्रस्ताव माग गरेर कुनै प्रक्रियानै पुरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियत माथी पनि निजी क्षेत्र ससहित छौ

यसर्थ केही समय पहिले आफ्नो विवादास्पद अभिव्यक्ति मात्रको कारण तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएको घटना ताजै छ । यसै उदाहरणलाई पच्छ्याएर नैतिकताको आधारमा तत्काल राजिनामा दिन मन्त्री आलेलाई हामी पर्यटन ब्यवसायिहरुको छाता सँगठनहरु एक साथ सुझाव दिन्छौ । अन्यथा विषयगत जानकारी सम्म पनि नभएका, आफ्नो पदिय मर्यादा सम्मको याद नगर्ने, आफ्ना मान्छेहरु लाई जागिर खुवाउन अनावस्यक दवाव दिने, अस्लील गालीगलौज गर्ने र हातपात सम्मका घटना घटाउने जस्ता दुष्कार्य गरेर गैरजिम्बेवार बनेका मन्त्री आलेलाई उनको पदिय जिम्बेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टिको छबी बचाउन प्रधानमन्त्री ज्यु र सम्बन्धित पार्टिलाई अनुरोध गर्दछौ ।