११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिशरण लामिछाने काठमाडौँ– ३ बाट चुनावमा उठ्ने



अ+ अ-

काठमाडौँ । सञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौँ– ३ बाट संसदीय चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पत्रकार रवि लामिछानेले आफ्नो राजनीतिक यात्राबारे घोषणा गर्न कार्यक्रम राखेको एकदिन अघि उनका दाइ हरिशरणले उम्मेदवारीको घोषणा गरेका हुन् ।

हरिशरणले सोमबार इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन् । हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौँ– ३ बाट, रन्जु दर्शना काठमाडौँ– ५, पुकार बम काठमाडौँ– १ र सुमन सायमी काठमाडौँ– ८ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

उनले काठमाडौँ बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन् । विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन् ।

यद्यपि, रविले राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताए पनि प्रेस नोटमा रवि लामिछानेका बारे कुनै चर्चा गरिएको छैन ।

तीन दशक रेडियो नेपालमा काम गरेर राजीनामा दिएका हरिशरण अब सक्रिय राजनीतिमा होमिएका छन् ।