• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

हरिशरण लामिछाने काठमाडौँ– ३ बाट चुनावमा उठ्ने



काठमाडौँ । सञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौँ– ३ बाट संसदीय चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पत्रकार रवि लामिछानेले आफ्नो राजनीतिक यात्राबारे घोषणा गर्न कार्यक्रम राखेको एकदिन अघि उनका दाइ हरिशरणले उम्मेदवारीको घोषणा गरेका हुन् ।

हरिशरणले सोमबार इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन् । हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौँ– ३ बाट, रन्जु दर्शना काठमाडौँ– ५, पुकार बम काठमाडौँ– १ र सुमन सायमी काठमाडौँ– ८ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

उनले काठमाडौँ बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन् । विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन् ।

यद्यपि, रविले राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताए पनि प्रेस नोटमा रवि लामिछानेका बारे कुनै चर्चा गरिएको छैन ।

तीन दशक रेडियो नेपालमा काम गरेर राजीनामा दिएका हरिशरण अब सक्रिय राजनीतिमा होमिएका छन् ।