८ श्रावण २०८३, शुक्रबार
,
Latest
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता अर्थ मन्त्रालयको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादव: बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको चेतावनीः पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त ढंगले आन्दोलनमा उत्रने



अ+ अ-

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मुल्यवृद्वि फिर्ता नलिए त्यसकाविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रने पनि चेतावनी दिएको हो।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा ‘देउवा नेतृत्वको जनतामारा नालायक सरकारले हिजो मध्य राती फेरि पनि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर रु १४९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १५२ कायम गरी जनताको ढाड सेक्ने काम गरेको छ’ भनिएको छ ।

त्यस्तै आयल निगम चुहावट नियन्त्रण गर्न नभई कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त भएको अखिलको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘देशमा राज्य छ कि छैन भन्ने अवस्था छ, मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ।’

आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।




भर्खरै