११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिवित व्यक्तिको जग्गा किर्ते गरी बेच्ने ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । जिवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँच जनालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार केन्द्रिय अनुसन्धान ब्यूरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गा बेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बुढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठलाई सार्वजनिक गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुले २४ वर्षदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा शान्तिदेवीको मृत्युदर्ता प्रमाणपत्र दर्ता गरेर जग्गा बेचेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरुले शान्तिदेवीको मृत्यु दर्ता र उनको नक्कली श्रीमान तयार गरेर जग्गा बेचेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

गएको जेठ ५ गते नेपाल आएकी शान्तिदेवीले मालपोत कार्यालयमा वायोमेट्रिक गर्न जाँदा आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाएको प्रहरीले बताएको छ । पीडित शान्तीदेवीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । गिरोहले शान्तीदेवीको मृत्यु भएको भन्दै मृत्यु प्रमाणपत्र पेस गरेर उनका श्रीमान तारानिधि लोहनी भन्दै नक्कली श्रीमान बनाएर नामसारी गरेका थिए ।

नक्कली तारानिधि बनेका व्यक्तिको नामबाट २०७७ फागुन १० गते सुनिता कर्माचार्यको नाममा नामसारी भएको अनुसन्धानका क्रममा खुलेको ब्यूरोले बताएको छ । ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तादेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए । जग्गाधनी शान्तिदेवी लोहनीको पक्राउ परेका महावीर चन्द जग्गाधनी शान्तिदेवी लोहनीको नक्कली श्रीमान बनेका थिए ।