२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई



अ+ अ-

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाई गरिएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई विदाई गरेको हो । टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदै छ । छनोट खेल्न जानु अघि नेपालले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो । सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताउनु भयो ।

छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गर्दा डिफेन्डर पुनम जर्घा मगर भने उज्वेकिस्तानको भ्रमण गुमाउने छन । मुटुको समस्या देखिएपछि पुनम टोली भन्दा बाहिर रहेकी हुन । मैत्रिपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको छनोट खेल नेपालका लागि ठूलो मौका भएका भएको फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने अपेक्षा फिलिप्सले थपे ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।




भर्खरै