१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबाट देशलाई चिथोर्ने काम भइरहेको छः सांसद न्यौपाने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले देशलाई पाँच दलीय गठबन्धनले चिथोर्ने काम गरिरहेको बताउनु भयो । उहाँले अर्थमन्त्रीले व्यापारीहरुका प्रतिनिधिहरुसँग बसेर बजेट बनाएको कुरामा जनता र प्रतिपक्षले छानबिन समिति बनाएर अध्ययन गर्न माग गरेपनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जनताले जान्न चाहेको तर प्रधानमन्त्री संसद छल्ने काममा लागिपरेको आरोप लगाउनु भयो ।

राष्ट्रिय सभा सदस्य न्यौपानेले भन्नुभयो, ‘यो देशलाई सत्ता,पक्षले, पाँच दलीय गठबन्धनले, सरकारले कोपर्ने काम भएको छ । चिथोर्ने काम भएको छ । नेपाली आमालाई रगताम्य पार्ने काम भएको छ । अर्थमन्त्रीज्यूको बारेमा थुप्रै प्रश्नहरु उठे, हामीले छानबिन समिति बनाउनुहोस् भनेका छौँ । बजेट निर्माणको सम्बन्धमा अनाधिकृत व्यक्तिहरुलाई राखेर बजेट बनाइयो भन्ने विषय धेरै उठ्यो । जनताले भने । हामीलाई तपाईले ढाँट्न स्क्नुहोला, तर प्रविधिलाई ढाँट्न सक्नुहुन्न, त्यसैले सिसिटिभी फूटेज देखाइयोस् भन्यौँ । छानबिन समिति गठन गरियोस् भन्दा के गल्ती भयो ? फेरि पनि म भन्न चाहन्छु छानबिन समिति गठन गरियोस् ।

अहिले प्रधानमन्त्रीज्यूसम्बन्धित धेरै प्रश्न उठका छन्, तर प्रधानमन्त्रीज्यू प्रतिनिधि सभामा मान्यज्यूहरुले धेरै कुरा उठाउनुभएको छ । तर उहाँ जवाफ दिन आउनुहुन्न । सदनलाई छल्नुहुन्छ । संस्कृति मन्त्रीले संस्कार सिकाउनुपर्ने हो । उहाँले बोल्दै गर्दा अहिले कान थुन्नुपर्ने अवस्था छ । अश्लील शब्द बोलेको अडियो सार्वजनिक हुँदापनि यो सरकार मौन रहन्छ ।’

राष्ट्रिय सभा सदस्य न्यौपानेले संस्कार सिकाउने संस्कृति मन्त्रीले सुन्नै नसकिने कुराहरु बोलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लील शब्द प्रयोग गरेको अडियो सार्वजनिक हुँदापनि सरकार मौन रहेको भन्दै आपत्ति जनाउनु भयो ।