२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण, २४० कैदीहरूलाई रिहा

नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण, २४० कैदीहरूलाई रिहा
अ अ+ अ-

एजेन्सी । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन ।  मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ।

नाइजेरियाको सुधार सेवा प्रवक्ता फ्रान्सिस एनोबोरले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन्, ‘कोगी राज्यको कब्बामा रहेको मध्यम सुरक्षा कस्टोडियल सेन्टरमा अहिलेसम्म बन्दुकधारी आक्रमणकारीहरूले आक्रमण गरी २ सय ४० कैदीहरूलाई रिहा गरेका छन् ।’

आइतबारको हमलामा सशस्त्र बन्दुकधारीहरू संलग्न थिए। बन्दुकधारीहरूले जेलमा आक्रमण गर्दा त्यहाँ २९४ कैदी हिरासतमा थिए, जसमा २२४ पुर्पक्षका लागि  प्रारम्भिक थुनुवाइमा थिए।  आक्रमणकारीहरूको  खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। नाइजेरियामा यस किसिमका जेल आक्रमण र बन्दी रिहाइका घटना भने असामन्य होइनन् ।

अप्रिल ५ मा यस्तै एक हमलामा बन्दुकधारीहरूले ओवेरी प्रहरी मुख्यालयम आक्रमण गरी र १८०० भन्दा धेरै कैदीहरू मुक्त गरेका थिए ।

द्वन्द्वग्रस्त नाइजेरियाका सुरक्षा बलले उत्तरपूर्व मा १२ वर्ष पुरानो जिहादी विद्रोह र दक्षिण पूर्वमा पृथक्तावादी आन्दोलनको सामना गरिरहेको छ।