• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय: प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोधिने



काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिको बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का साथै आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई आइतबारको बैठकमा बोलाए पनि प्रधानमन्त्री समितिको बैठकमा उपस्थित हुनुभएन ।

बैठकले प्रधानमन्त्रीलाई बैठकमा आउन नसक्नुका कारण के हो जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा अन्तिम समयमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

यद्यपि समितिको बैठकमा प्रधानमनत्रीलाई उपस्थित गराउने वा नगराउने बारेमा समितिका सदस्यहरुबीच नोकझोक भएको थियो । विशेषगरी नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीलाई समितिमा आउन नसक्नुको कारण माग्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।