१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय: प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोधिने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिको बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का साथै आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई आइतबारको बैठकमा बोलाए पनि प्रधानमन्त्री समितिको बैठकमा उपस्थित हुनुभएन ।

बैठकले प्रधानमन्त्रीलाई बैठकमा आउन नसक्नुका कारण के हो जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा अन्तिम समयमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

यद्यपि समितिको बैठकमा प्रधानमनत्रीलाई उपस्थित गराउने वा नगराउने बारेमा समितिका सदस्यहरुबीच नोकझोक भएको थियो । विशेषगरी नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीलाई समितिमा आउन नसक्नुको कारण माग्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।




भर्खरै