१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल
file
अ अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तक्र्रियामा उहाँले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताउनुभयो ।

गाउँमै बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् पुगेपनि रोजगारी र आम्दानी नपुगेकाले मानिस गाउँबाट भागिरहेको उल्लेख गर्दै पौडेलले भन्नुभयो, “पहिला–पहिला गाउँमा केही सुविधा थिएन, तर अहिले गाउँमा सबै सुविधा पुगिसक्यो, तर रोजगारी पुग्न सकिरहेको छैन । त्यही कारण मानिस गाउँ छाडेर सहर झरेका छन् ।” वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवसर सिर्जना हुने खालका योजना स्थानीय तहले ल्याउनुपर्ने भन्दै त्यसो भएको खण्डमा मानिस पुनः गाउँमै फर्किने बताउनुभयो । उहाँले गाउँमा जडीबुटी, फलफूल उद्योग खोल्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सहर बजारभन्दा ग्रामीण भेगलाई लक्षित गरी स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम बनाउनुपर्ने उहाँको जोड थियो । गाउँमा जग्गा बाँझो राख्ने क्रम बढेकाले बाँझो जग्गालाई उत्पादनमा लगाउनुपर्ने बताउनुभयो । “जग्गा बाँझो राखे सरकारले जरिवाना गर्ने भनेको छ, केही आम्दानी नभएको व्यक्तिले जग्गामा खेती गर्न सक्दैन, त्यस्तो जग्गालाई एकीकृत गरी त्यहाँ बेरोजगारलाई रोजगारी दिन सकिन्छ”, उहाँले भन्नुभयो । परम्परागत कृषिलाई व्यावसायीकरण गरी खाद्यान्नमा भइरहेको परनिर्भरता रोक्नुपर्ने पौडेलले बताउनुभयो ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कृषि, पर्यटन र शिक्षालाई बढी प्राथमिकतामा राखी योजना बनाइने बताउनुभयो । सबै वडा र हरेक वर्गका फरक फरक आवश्यकता रहे पनि बजेटको सीमाभित्र रहेर योजना बनाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले आवधिक योजना, त्रिवर्षीय योजनामा रहेर नगरपालिकाले नीति तथा कार्यक्रम बनाइने उल्लेख गर्नुभयो ।