१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद न्यौपानेको प्रश्नः संस्कृतीमन्त्रीले संस्कार कस्तो सिकाउने हो, नैतिक जिम्मेवारी लिनुपर्दैन ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेबारे आएको समाचारप्रती ध्यानाकर्षण गराउँदै प्रश्न उठाएकी छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद न्यौपानेले मन्त्रीहरुले अनैतिक कार्यहरु गर्दा पनि सरकार मौन रहेको आरोप लगाएकी हुन् ।

‘संस्कृतीमन्त्रीले संस्कार कस्तो सिकाउने हो, उहाँले बोल्दै गर्दा कान थुन्नुपर्ने अवस्था सिर्जना भएको छ । अश्लील शब्द प्रयोग गर्दै कर्मचारीलाई हातपात गरेको समाचार मात्रै होइन अडियो समेत सार्वजनिक हुँदा पनि यो सरकार मौन रहन्छ ।’ उनले भनिन् ‘ उहाँले नैतिक जिम्मेवारी लिनुपर्ने होकी होइन ? सम्बन्धित पार्टी मौन छ, सरकार मौन छ । सरकारका मन्त्रीहरुलाई यस्तो अनैकित कार्य गर्न छुट हो ?’

यस्तै, सांसद न्यौपानेले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)बारे बहस चलिरहेको बेलामा प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै गर्दा प्रधानमन्त्रीले आफू कुन प्रयोजनका लागि भ्रमणमा जान लागेको भन्नेबारे जवाफ दिनुपर्ने बताइन् ।

उनले भनिन् ‘प्रतिपक्षका नेतालाई नै दोष दिने काम गरिएको छ । कुन मितिबाट एसपीपी अगाडि बढ्यो भन्नेबारे नेपाली जनताले थाहा पाउनेगरी संसदीय समिति बनोस्, छानबीन गरियोस् ।’




भर्खरै