१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस तनहुँको निर्वाचन असार १३ गते



अ+ अ-

दमौली । तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ ।

असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । असार १३ गते मतदानको कार्यतालिका रहेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि तनहुँमा २० मतदाता छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन । यहाँ नेपाली कांग्रेसको दश, नेकपा एमालेको छ र नेकपा (माओवादी केन्द्र)को चार मत छ । एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धनका आधारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुने भएको छ । कांग्रेस र माओवादीको तालमेलपछि १४ मत हुनेछ । कांग्रेसले पाँच पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । नेकपा एमालेले चार पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले एक पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ ।




भर्खरै