२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

प्रदेश सरकारलाई समर्थन

प्रदेश सरकारलाई समर्थन
अ अ+ अ-

सुदूरपश्चिम  । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेकपा (एमाले)बाट अलग भई गठन भएको सो पार्टीको धनगढीमा आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । 

नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलसमेतको प्रतिनिधित्व रहेको छ । बैठकले संसदीय दलको विधान बनाउन समिति गठन गरेको प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले जानकारी दिनुभयो । सो पार्टीको संसदीय दलको नेताका लागि तीन जना आकांक्षी देखिनु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सो पार्टीका केन्द्रीय सदस्य एवम् आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र तारालामा तामाङ आकांक्षी रहेको बताइएको छ । 

नेकपा (एमाले) को कैलाली र कञ्चनपुरको तत्कालीन अध्यक्षमा क्रमशःसोडारी र तामाङ हुनुहुन्थ्यो । कैलालीमा गठन भएको एमालेको समानान्तर समूहलाई केही दिन अघि नै नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित गरिएको थियो । 

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित १४ प्रदेशसभा सदस्य नवगठित पार्टीमा लागेपछि प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । एमाले सभामुख बाहेक दश जना सदस्यमा सीमित भएको छ । यस्तै प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् । जनता सामाजवादी पार्टीको विभाजनसँगै प्रदेशसभामा रहेका सो पार्टीका दुई सदस्य पनि छुट्टाछुट्टै दलमा आवद्ध हुनुभएको छ । राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गराउनु भएको थियो । अर्का प्रदेशसभा सदस्य मालामति रानाथारु जनता समाजवादी पार्टीमा नै रहनु भएको छ ।