११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

बागलुङको दम्क फाँट हराभरा बनाउन लिफ्टिङ सिँचाइ

बागलुङको दम्क फाँट हराभरा बनाउन लिफ्टिङ सिँचाइ
अ अ+ अ-

बलेवा । सङ्घीय सरकारले बागलुङ नगरपालिकाभित्रका विभिन्न सिँचाइ आयोजना सञ्चालन गर्न रु एक करोड २५ लाख विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट बागलुङ नगरपालिकाका–५ र जैमिनी नगरपालिकाको एक आयोजना मात्रै छनोट भएका हुन् ।

वर्षायाममा प्रशस्त सिँचाइको अभाव भोगिरहेको उक्त नगरपालिकाको वडा नं १३ स्थित पैञ्युपाटामा पर्ने दम्कको फाँटमा आगामी आर्थिक वर्षमा लिफ्टिङ सिँचाइ आयोजना सञ्चालन हुने भएको छ । कालीगण्डकीको पानी तानेर सिँचाइका लागि फाँटमा पु¥याउन आयोजना सञ्चालन गर्न लागिएको हो । बहुवर्षे कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले बताउनुभयो ।

“दम्कको फाँट बाह्रै महिना हराभरा बनाउनसके तीन खेती उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “फाँटको सदुपयोगका लागि सिँचाइको आवश्यकता थियो, हामीले सोहीअनुसार योजना माग गरेका हौँ ।” यो फाँटमा सिँचाइका लागि अन्य विकल्प नरहेकाले लिफ्टिङ आयोजना सञ्चालन गर्नुपरेको सांसद पाठकले बताउनुभयो । नगरपालिकाको सबैभन्दा ठूलो फाँट भए पनि दम्कको फाँटले सिँचाइको अभाव झेल्दै आएको थियो । कालीगण्डकी करिडोरभन्दा तल्लो भागमा पर्ने फाँटमा आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न सकिने भएकाले यहाँ सिँचाइको सुविधा हुँदा किसानलाई धेरै राहत हुने पैञ्युपाटाका भवानीप्रसाद रिजालले बताउनुभयो ।

त्यस्तै मन्त्रालयले वडा नं १ स्थित मालढुङ्गामा कालीगण्डकी नदी नियन्त्रणका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । बागलुङ नगरपालिका–८ मा चितेपानी, डरामुनी, राम्चे ओखे्रनी सिँचाइ आयोजनाका लागि रु २० लाख विनियोजन भएको छ । यो सिँचाइ आयोजना सम्पन्न हुँदा वडा नं ८ का धेरै किसान लाभान्वित हुनेछन् । वडा नं ९ स्थित सरखोला चिलाउनेबोट सिँचाइ आयोजनाका लागि रु १५ लाख विनियोजन भएको छ ।

वडा नं ९ कै घारपाते खोलाको कटान नियन्त्रणका लागिरु १५ लाख विनियोजन गरिएकोे छ । जैमिनी नगरपालिका–३ दमेकमा पहिरो नियन्त्रणका लागिरु १० लाख विनियोजन गरिएको सांसद पाठकले बताउनुभयो । “यो वर्ष प्राथमिकताका आधारमा हामीले पेश गरेका केही सिँचाइ र बाढीपहिरो नियन्त्रणका योजनामा मात्रै बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “विनियोजित बजेट समयमै उपयोगमा ल्याउनका लागि सम्बन्धित क्षेत्रका उपभोक्ता र सम्बन्धित कार्यालयलाई भनेका छौँ ।” आगामी वर्षको बजेटमा बागलुङ क्षेत्र नं १ मा सबैभन्दा कम योजना ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा परेका छन् । यो क्षेत्रमा खानेपानीका २९ र सडक पूर्वाधारका १३ आयोजनाका लागि बजेट विनियोजन भएका छन् ।