२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सेनाको श्रमदानमा फड्के बनेपछि विद्यालय सञ्चालन

सेनाको श्रमदानमा फड्के बनेपछि विद्यालय सञ्चालन
फाईल फोटो
अ अ+ अ-

मनाङ । लामो समयदेखि थलिएको मनाङको शैक्षिक क्षेत्र खुल्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङका शैक्षिक क्षेत्रमा कोभिडसँगै बाढीपहिराले क्षति पुर्याउँदा ठप्प भएको पठनपाठन आइतबारदेखि खुला भएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । 

दुई वर्षभन्दा बढी पठनपाठन रोकिएको मनाङको शिक्षा क्षेत्रमा बाढीपहिराले पनि क्षति पुर्याउँदा रोकिएको पढाई पुनः सञ्चालन भएको हो । मस्र्याङ्दी नदीमा असार १ र त्यसपछि आएको बाढीपहिराले भौतिक संरचना बगाएको थियो । अन्य भौतिक संरचनासहित सदरमुकाम चामेको लोकप्रिय माध्यमिक विद्यालयको पनि भवन एक चौथाइ भाग बगाएको थियो । 

विद्यालयको बाढीले बगाएको भागको संरक्षण र तटबन्ध गरिएपछि आइतबारदेखि खुलेको छ । नेपाली सेनाले विद्यालयसम्म आउजाउ गर्नका लागि फड्के बनाएपछि विद्यालय खुला गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिनुभयो । “विद्यार्थीलाई कसरी पढाउने भन्ने चिन्ता थियो । सेनाको श्रमदानमा फड्के र विद्यालयको नदीपट्टिको भागमा तारजाली लगाएर पर्खाल बनाइएपछि पठनपाठन सुरु गरेका छौँ”, प्रधानाध्यापक कोइरालाले भन्नुभयो । 

उहाँका अनुसार भौतिकरूपमा कक्षा सञ्चालन हुन नसकेपनि अर्धवार्षिक परीक्षा सकिएपछि वैशाख २० गतेदेखि विद्यालय पूर्णरूपमा बन्द थियो । आन्तरिक तथा बाह्य मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको उहाँले बताउनुभयो  । गत वर्षको कोरोना सङ्क्रमणको जोखिम र वैशाख १६ पछिको निषेधाज्ञाले शैक्षिक क्षेत्र पूर्णरूपमा बन्द थिए । बाढीले विद्यालय भवन नै बगाएपछि विद्यालय सञ्चालन गर्ने अवस्थामा नै थिएन । “जसोतसो गरी आइतबारदेखि विद्यार्थीलाई विद्यालयमा बोलाइएको छ”, उहाँले भन्नुभयो, “नियमित कक्षा सञ्चालन भने असोज १ गतेदेखि हुनेछ ।”

बाढीले विद्यालयको कार्यालय, शिक्षक आवास, चार कक्षाकोठा, भोजन कक्ष (डाइनिङ हल) बगाएको थियो । मूल भवन मात्रै बाँकी रहेको थियो । खेल मैदान र विद्यालय आउने बाटोसमेत बाढीले बगाएको विद्यालयमा आइतबारदेखि विद्यार्थी आउन थालेका हुन् । नेपाली सेनाको श्रमदानमा विद्यालय आउजाउ गर्न काठको फड्के बनाउनुका साथै छेउछाउ तारबार लगाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पल्साङ लामाले बताउनुभयो । उहाँका अनुसार आइतबार नाम दर्ता गरी हाजिर थालिएको र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ । 

बाढीपहिराका कारण सडक सबै क्षतिग्रस्त भएपछि बेँसीशहरबाट हेलिकप्टरमार्फत पाठ्यपुस्तक ल्याइएको थियो । “विद्यालयका शिक्षकको एन्टिजेन विधिबाट कोरोना सङ्क्रमण परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि पठनपाठनमा सहभागी गराएका छौँ । मास्क र सेनिटाइजरको पूर्ण पालना गरिएको छ, समय समयमा विद्यालयमा सरकारले तोेकेको स्वास्थ्य सुरक्षाको पालना गरिएको छ कि छैन भन्ने विषयमा अनुगमन पनि गर्नेछौँ”, उहाँले भन्नुभयो । नर्सरीदेखि कक्षा १० सम्मका करिब ६५ विद्यार्थी पहिलो दिन विद्यालयमा उपस्थित भएको उहाँले बताउनुभयो । एघार कक्षाको पठनपाठनका लागि भर्ना थालिएको छ । बाह्र कक्षाको परीक्षा तयारीमा रहेको छ । 

चामे गाउँपालिका–१ तिमाङको गौरीशङ्कर आधारभूत विद्यालयमा पनि पठनपाठन थालिएको छ । उक्त विद्यालय भने बाढीपहिराको जोखिममा परेको थिएन । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले जिल्लाका शैक्षिक संस्थाहरु असोज १ गतेदेसख पूर्णरूपमा खुल्ने जानकारी दिनुभयो । चामे गाउँपालिकाभित्रका विद्यालय खुल्न थालेको र अन्य गाउँपालिकाका विद्यालय पनि छिट्टै खुल्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले असोज १ गतेदेखि भौतिकरूपमा कक्षा सञ्चालन गर्न आदेश दिइएको बताउनुभयो । 

विद्यार्थी कम हुनुका साथै कोरोना जोखिम पनि घट्दै गएकाले आइतबारदेखि विद्यालय सञ्चालनको अनुमति दिइएको लामिछानेले बताउनुभयो । मनाङमा कक्षा १२ सम्मका दुईसहित चार माध्यमिक विद्यालय, कक्षा एकदेखि पाँच र एकदेखि आठसम्मका १० वटा आधारभूत विद्यालय र एकदेखि पाँच कक्षासम्मका १२ विद्यालय गरी जिल्लामा २६ वटा विद्यालय रहेका छन् ।