• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

बेँसीसहर-चामे सडक अवरुद्ध



लमजुङ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताउनुभयो ।

हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो । खरखरेमा मस्र्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ । यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ ।

यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङका स्थानीयवासी बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् । गत वर्ष पनि यो सडक अवरुद्ध हुँदा मनाङवासी हेलिकोप्टरको सहायतामा बेँसीसहर आएर काठमाडौँ, पोखरा गएका थिए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक निर्माणको काम अघि बढाउँदै विसं २०६९ मा सम्पन्न भएको थियो ।

यसयता सवारी सञ्चालन हुँदै आए पनि बर्सेनि बर्खायाममा पटक–पटक विभिन्न स्थानमा पहिरो जाँदा सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ । तल मस्र्याङ्दी नदी र माथि भिरैभिर हुँदै बीचमा साँघुरो सडकमा सवारी सञ्चालन हुँदै आएको छ । इञ्जीनियर अधिकारीका अनुसार यस सडकबाहेक डुम्रे–बेँसीसहर सडक भासिएको छ भने तनहुँमा समेत पहिराले यस सडक अवरुद्ध भइरहेको छ ।