११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ’



अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले विकास गरिएको बताउनुभयो ।

व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितलगायतले वृक्षरोपण गर्नुभएको छ । गुलमोहर, असारे र चेरीका २१ बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।