• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

आईजीपी बढुवा प्रकरणको सुनुवाई हुँदै



काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढ्वा गरेको सरकारको निर्णयबिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ ।

गत सोमवार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

आज विश्वराज पोखरेल पक्षका कानून व्यवसायीले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दाबी पेस गर्नेछन् भने उनीहरुको वहसपछि सिंहका कानून व्यवसायीको वहस हुनेछ ।

त्यस्तै सरकारको निर्णयको बचाउका लागि सरकारी वकिलहरुले पनि वहस गर्नेछन् । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरित् बढुवा गरेको रिटमा उल्लेख छ ।