२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् राशिफल

तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् राशिफल
अ अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। शुभचिन्तकहरूले साथ दिए पनि परिस्थितिले अलमल्याउन सक्छ। द्वितीय प्रहरदेखि स्थिति अनुकूल बन्नेछ र विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। द्वितीय प्रहरदेखि नयाँ काम प्रारम्भ होला। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। अध्ययनको नतिजा राम्रो आउनेछ। काममा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा हुनेछ। छोटो समयमै प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। प्रयत्न गर्दा नाम, दाम र इनाम प्राप्त हुने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। विचारले प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अरूको करकापमा काम गर्दा हानि हुन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।