• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

टोखामा कुटपिटबाट एकको मृत्यु



प्रतीकात्मक तस्बिर

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई पक्राउ गरेको हो ।

टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।