२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास



अ+ अ-

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सनिबार प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गर्नुभएको छ । उहाँले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गर्नुभएको हो ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गर्नुभएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेका भनाइ छ । प्रत्येक वर्षको मङ्सिरमा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।रासस