६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको बेला घरभित्रै सीमित ८ वर्षीय सुशान्त  सुवेदीको स्कुल फेरिएको छ। संक्रमणअघि काठमाडौंको निजी स्कुलमा पढ्थे। अहिले धादिङ, गंगाजमुनास्थित सरकारी स्कुलमा पढ्छन्।  

कक्षा ३ मा अध्ययनरत छोरालाई स्कुल पठाउँदा अभिभावकको मुहारमा चिन्ता छाउँछ। बुवा नेत्रबहादुर भन्छन्, ‘स्कुल नपठाउँदा पढाइ झन् बिग्रन्छ। पठाउँदा पनि संक्रमण हुन्छ कि भन्ने डर छ।’  स्कुलमा साथीहरू खाजा बाँडेर खाने हुन् कि, भौतिक दूरी कायम नगर्ने हुन् कि भन्ने भय रहिरहने उनले सुनाए। 

स्थानीय तहले विद्यालय भवन एवं परिसर निर्मलीकरण गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ। विद्यालयसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार, स्थानीय तह र विद्यालयले बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधार (फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कोठा आदि) को व्यवस्था गर्नुपर्छ। त्यस्तै  स्वास्थ्य र सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर तथा विद्यालय आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्नुपर्छ। 

डिजिटल संसारमा सक्रिय रहेका बालबालिका झोला बोकेर स्कुल जान थालेका छन्। तर, केन्द्र र स्थानीय सरकारको फरक–फरक नीति र निर्णयले स्कुल खुलेपछि अभिभावकहरू ढुक्क हुन सकेका छैनन्। नेपालमा कोरोनाबाट ५४ हजारभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन्।

नेपाल बाल चिकित्सक समाज अध्यक्ष  डा. गणेशकुमार राईका अनुसार शिशुभन्दा स्कुल जाने उमेरका बालबालिका संक्रमणको जोखिममा छन्। अभिभावकबाट बालबालिकामा सर्ने जोखिम रहेकोमा अब साथीहरू र शिक्षकबाट पनि कोरोना संक्रमण हुन सक्ने डा। राई बताउँछन्। 

मुलुकमा पहिलो लहरमा १९ वर्षमुनिका २० हजार ८ सय ६४ जनामा कोरोना भयो। जसमध्ये १०–१९ वर्षका १७ हजार ७ सय ५८ छन्। 

त्यस्तै ५–९ वर्षको उमेर समूहका ३ हजार ७ सय २३ जन्मेदेखि चार वर्ष उमेर समूहका २ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमणबाट पहिलो लहरमा ३८ जना बालबालिकाको ज्यान गएको थियो। 

किन जोखिममा छन् ?
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन्। ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने।  नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा। गणेशकुमार राई कोरोनाको तेस्रो संक्रमणमा बालबालिका प्रभावित हुने बताउँछन्। ‘ठूला व्यक्ति संक्रमणसँग जुधेका छन्। उनीहरूमा  एन्टीबडी  बनिसकेको छ,’ डा. राईले भने, ‘१८ वर्षमुनिका बालबालिकाले खोप पनि पाएका छैनन्। त्यसैले रोगसँग लड्ने क्षमता पनि न्यून छ। त्यसैले बढी बालबालिका बढी प्रभावित हुने आकलन गरिएको छ।’, समाचार अन्नपुर्ण प्र्ण पोष्ट दैनिकमा प्रकाशित छ ।