२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

चितवन । चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नंको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिनुभयो ।

दराइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको विषयलाई लिएर स्थानीयवासीले ट्रकलाई नियन्त्रणमा नलिएसम्म बाटो अवरोध गरेका थिए ।

ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपलिका–१४ का ४५ वर्षीय धावा थोकरलाई ट्रकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार ट्रकचालकसहित नियन्त्रणमा लिएपछि अहिले सडक अवरोध हटाइ दुईतर्फी सञ्चालन भएको छ ।