८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाहुबली २’ को रेकर्ड तोड्दै ‘विक्रम’



अ+ अ-

एजेन्सी । तमिलमा बनेको कमल हसन, विजय सेतुपति र फहद फासिलको सुपरहिट फिल्म विक्रमले यसै हप्ता निर्देशक एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने भएको छ ।

चलचित्र ‘विक्रम’को बक्स अफिस प्रदर्शन तेस्रो हप्ता पनि जारी छ । फिल्मले पहिलो दुई हप्तामा नै उत्कृष्ट कमाई गरेर तमिल सिनेमालाई नयाँ उचाइमा पुर्याएको छ ।

यो फिल्मले अभिनेता विजयको फिल्म ‘बिगिल’ को कमाई बराबर गरेको छ । जुन सफलता निर्देशक एसएस राजामौलीको ‘बाहुबली’लाई मात्र मिलेको थियो ।

निर्देशक लोकेश कनागराजको फिल्म विक्रम शुक्रबार तेस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले पहिलो हप्तामा तमिलमा १२५.६० करोड, तेलुगुमा १५.५० करोड र हिन्दीमा २.८५ करोड कमाएको थियो । दोस्रो हप्ताको अन्तिम तथ्यांक अनुसार फिल्म ‘विक्रम’ ले तमिलमा ४५.१६ करोड, तेलुगुमा ४.६ करोड र हिन्दीमा २.४४ करोड कमाएको छ ।

फिल्म अब रिलिजको तेस्रो हप्तामा प्रवेश गरिसकेको छ र शुक्रबार तेस्रो हप्ताको ओपनिङको तथ्यांकअनुसार फिल्मले सबै भाषामा मिलाएर करिब ३ करोड २५ लाख रुपैयाँ कमाएको छ ।

फिल्मको कुल घरेलु कुल कलेक्सन अहिले १९९.४० करोड रुपैयाँ छ । फिल्मको ग्रस कलेक्सनले यसअघि नै २०० करोडको आँकडा पार गरिसकेको छ । अन्तिम तथ्याङ्क अनुसार फिल्म ‘विक्रम’ले दुई सातामा २२९.६० करोडको ग्रस कलेक्सन गरेको छ ।

विश्वव्यापी कलेक्सनमा ३५० करोडको आँकडा छुने फिल्म ‘विक्रम’ अहिले तमिलनाडुमा रिलिज भएका फिल्मको सूचीमा तेस्रो नम्बरमा छ । फिल्मको तमिल संस्करणले देशभर करिब १७० करोड रुपैयाँ कमाएको भए पनि तमिलनाडुमा विजयको ‘बिगिल’ भन्दा थोरै मात्र पछाडि छ ।

तमिलनाडुमा तमिलमा रिलिज भएको सबैभन्दा धेरै कमाउने फिल्म ‘बाहुबली २’ हो, जसले १५५ करोड भारु कमाएको थियो । यो रेकर्ड पनि फिल्म ‘विक्रम’ रिलिजको तेस्रो हप्तामा तोड्न लागेको छ ।

फिल्म ‘विक्रम’को विदेशमा पनि कमाई १०० करोड नाघेको छ । फिल्मको हालसम्म विदेश कलेक्सन ११० करोड रहेको बताइएको छ ।

फिल्मले विश्वव्यापी कलेक्सनमा ४०० करोडको लक्ष्य राखेको छ र फिल्मको कलेक्सनको गतिलाई हेर्दा यो आँकडा फिल्मले छुने देखिन्छ ।