१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

पत्रकार तथा समाजसेवी सुर्य चन्द काठमाडौं-४ बाट उम्मेद्वारी दिने तयारीमा

पत्रकार तथा समाजसेवी सुर्य चन्द काठमाडौं-४ बाट उम्मेद्वारी दिने तयारीमा
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिलका स्थायी बासिन्दा पत्रकार, कलाकार तथा समाजसेवी सुर्य चन्दले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि गरेका छन् ।

लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन् । महाभुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिबनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफुलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन् ।

निषेधाज्ञाको सुरु देखिनै सडकमा आफै खटिएर दिनरात नभनी दिन दुखि, अनाथ असाहयको सहारा बनेका सुर्य चन्द, राजनीतिमा समेत त्यतिकै सक्रिय व्यक्तित्व हुन्। ुचन्दु भन्छन राजनीति आफैमा खराब होइन मात्र व्यक्ति र पद्दति खराब भएकोले हामी राजनीतिक फोहोरको दलदलमा फसीरहेका छौं ।

भ्रस्टचारको भुमरीमा घुमिरहेको हाम्रो समाजलाइ युवा पुस्ताको नयाँ सोच, दायित्व, जोस र जागरले नयाँ नेतृत्वले मात्र निकास दिने उनको ठम्याई छ। हामि संग यथेष्ट जनशक्ति, युवाशक्ति छ र त्यसलाइ सकारत्मक उर्जामा परिबर्तन गर्दै श्रोत र साधनको सहि उपयोगले हामी आफ्नो समाज र मुलुक निर्माण गर्न सक्षम हुनेछौ भन्ने उनको भनाइ छ ।

जनचेतनाको कमि, गुण्डाराज, बिदेशीको हस्तक्षेप , नाताबाद र कृपाबाद जस्ता समस्याले गर्दा हामी सधैं गरिबीको रेखामुनि रहेको र रेमिट्यान्सले देशको अर्थतन्त्र धान्छ भन्ने गलत भ्रमले ग्रसित हामिलाइ शिक्षित युवा वर्ग, नयाँ सोच, नयाँ दृष्टि, उर्जाशील नेतृत्वले नेपाल र नेपालीको भबिष्य निर्माण गर्न सक्छ भन्ने सोचका साथ संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि रहेको जानकारी गराएका छन् ।

२०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बित्रिष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको उनि बताउछन् ।