२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

बिरामीलाई अस्पताल पुर्याउन न बाटो छ, न सवारी साधन

बिरामीलाई अस्पताल पुर्याउन न बाटो छ, न सवारी साधन
अ अ+ अ-

सर्लाही । चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता  छ । भौगोलिक विकट जिल्लाको चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य सस्थासम्म पुर्याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ । 

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटक–पटक बनाएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षा लागेपछि खोलाको बाटोसमेत बन्द भएपछि उनीहरूले अझै झोलुङ्गोमा बिरामी बोकेर अस्पताल ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ ।  सो क्षेत्रमा व्यवस्थित स्वास्थ्य संस्था नहुँदा त्यहाँका नागरिक सास्ती व्यर्होन बाध्य भएका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका वडाध्यक्ष नागेन्द्र पाख्रिनले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्र भौगोलिक विकटताका कारण पछाडि परेको र अहिले बाटो निर्माण सुरुआत भएको छ ।

सो क्षेत्रका बिरामीलाई अस्पताल लैजान न त बाटो छ, न सवारी साधन नै सञ्चालन भएका छन् । बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स त परको कुरा, बाटोसमेत नहुँदा समस्या भएको छ ।  चिकित्सकसमेत सो क्षेत्रमा जान नमान्ने गरेका पाइएको लालबन्दी नगर स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले जानकारीदिनुभयो ।

गाउँवासी मिलेर बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता छ ।  गाउँमा कोही बिरामी परे झोलुङ्गोमा पालैपालो बोकेर पूर्व–पश्चिम लोकमार्ग छेउछाउमा भएका स्वास्थ्य संस्थामा पुर्याउन आफूहरु बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

ईश्वरपुर नगरपालिकास्थित साविक कालिञ्जोर गाविसमा पर्ने पिपदमार, लामिदमार, फूलजोर शिर, छोड्के, गुइडुङलगायतका आधा दर्जन बढी बस्तीमा यस्तो समस्या छ । हिउँदयाममा जसोतसो बगरको बाटो हिँड्न सकिए पनि वर्षामा बाढीमा हेलिनुको विकल्प नरहेको स्थानीय चन्द्र वाइवाले बताउनुभयो । हरेक वर्ष करिब तीन÷चार महिना बाढीमा हेलिएर पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी बजारसम्म ओहोरदोहोर गरिरहेका छन् । केहीले जोखिमपूर्ण यात्रा गर्दै खाद्यान्न ढुवानी गर्ने ट्र्याक्टरमा समेत यात्रा गर्ने गरेको लालबन्दी –१४ का वडाध्यक्ष सुवाइसिंह ब्लोनले बताउनुभयो । उहाँका अनुसार यात्रा गर्दा बाढी आइहाले बीचबाटोमा अलपत्र पर्नुबाहेक अरु विकल्प सो क्षेत्रका नागरिकमा छैन ।

गत असारदेखि नै खोलामा लगातार जसो बाढी आउँदा स्थानीयवासीलाई आउजाउ गर्न मुस्किल परेको उहाँले जानकारी दिनुभयो । “सामान्य बिरामीको गाउँमै प्राथमिक उपचार हुने गरेको छ, तर गम्भीर बिरामीलाई भने पत्थरकोटको छेडासम्म बोकेरै लैजाने गरेका छौँ ।” छेडासम्म पुग्न शिर कालिञ्जोरका स्थानीयवासीलाई पाँच घण्टा र तल्लो भेगका स्थानीयवासीलाई तीन घण्टासम्म लाग्ने उहाँको भनाइ छ । सडक सञ्जालले नजोडिएका कारण  यस क्षेत्रमा विकास निर्माणले समेत गति लिन नसकेको स्थानीयवासीको गुनासो छ ।

बिरामी बोकेर अस्पतालसम्म पुर्याउनकै लागि वडा कार्यालयले साविक नारायणखोला गाविसको नौवटा वडामा एक–एक थान र मोटरदोभानमा रहेको स्वास्थ्यचौकीलाई एक थान स्टेचर उपलब्ध गराएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार बर्खायाममा लालबन्दी–१४ र १५ का स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको छ ।

लालबन्दी–१५ को शिर कालिञ्जोर, कोरेखोप, भित्रीखोला, बाहुनीडाँडालगायतका बस्तीमा पनि यस्तै समस्या रहेको लालबन्दी– १५ का वडाध्यक्ष गोरखबहादुर बलले बताउनुभयो । उहाँका अनुसार हिउँदमा खोलैखोला बगरको बाटो गाडी सञ्चालन भए पनि बर्खामा भने आफ्नै नगरपालिकासँग सम्पर्क टुट्ने गरेको छ । यस्तै हरिवन नगरपालिका–१ मा पर्ने बेलडाँडा, वनमारा, सखुवनी तथा बागमती नगरपालिका–१ स्थित डुमाजोर शिरका स्थानीयवासी पनि बर्खायाममा यातायात सेवाबाट बञ्चित हुनुपर्ने समस्या रहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् ।