५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको पहिरो जारी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अङ्कले ओरालो लागेर ३८१.१४ मा ओर्लेको छ ।

कूल २२० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता शेयर रु ७३ करोड ६३ लाख १२ हजार १५८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजार बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०.०१ अङ्कले उकालो लाग्यो । त्यस्तै, बैंकिङ ५.०८, व्यापार ९.४२, होटल तथा पर्यटन १५.९, विकास बैंक १४.२१, जलविद्युत् १८.६९, वित्त ८.३८, निर्जीवन बीमा १८.५८, उत्पादन ८.११, अन्य ८.२, लघुवित्त १.८१, जीवन बीमा २.९४ र लगानी ०.३७ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ७० हजार ८७९ बराबरको कारोबार भयो । त्यस्तै, सेञ्चुरी बैंक रु छ करोड ४७ लाख ९४ हजार १०८, एनसीसी बैंक रु चार करोड नौ लाख २३ हजार, कुमारी बैंक रु दुई करोड ८६ लाख २९ हजार २४९ र लक्ष्मी बैंक रु दुई करोड २६ लाख ३७ हजार १६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ४.०२, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्स ३.०६ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले २.५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, रिभर फल्स पावर लिमिटेड ५.९३, बुद्धभूमि नेपाल हाइड्रोपावर ४.६४, सिङ्गटी हाइड्रोपावर ४.३४, गणपति लघुवित्त ३.८९ र माउण्टेन हाइड्रो पावरका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् ।