१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीप्रति बफादार नहुने एमालेको कार्यकर्ता हुन सक्दैनः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संघर्षको निर्णायक विन्दूमा रहेको अवस्थामा पार्टीप्रति बफादार नहुने एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् ।

निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिँदै उनले सो कुरा बताएका हुन् ।

ओलीले भने ‘यस्तो पार्टी जो संघर्षको यस्तो विन्दूमा छ जुन निर्णायक विन्दुमा । यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने यो कुरा कल्पना पनि गर्न सकिन्न, एमालेले कल्पना गर्न नसक्ने कुरा के हो भने हाम्रो जस्तो पार्टीप्रति निष्ठा रहँदैन, बफादार रहँदैन भने त्यो पार्टी कार्यकर्ता हुन सक्दैन ।’

पार्टीभित्र बसेर पार्टीलाई खुइल्याउने, पार्टीको प्रभाव कम पार्ने, त्यो पार्टीको नेता–कार्यकर्ता केही पनि नहुने उनले बताए ।

यस्तै, ओलीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्तिका लागि आफूले पार्टीलाई एकढिक्का बनाएको दाबी गरे ।