१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले खानेपानी मन्त्रीलाई सदन भित्र सबक सिकाएपछि.. (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सदन कारवाहीको सामान्य नियम उल्लघंन गर्दा सभामुख अग्निप्रसाद सापकोटाले एक मन्त्रीलाई सबक सिकाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद एकवाल मियाले बोलिरहेको समयमा खानेपानी मन्त्री उमाकान्त चौधरीले सदनको कारवाहीको मर्यादा उल्लघंन गरेका थिए ।

मन्त्री चौधरी सांसद मियाले बोलिरहँदा बैठक प्रवेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले बोलिरहेका मियालाई बोल्न रोकेर बैठक प्रवेश गरिरहेका मन्त्री चौधरीलाई घुमेर आउन निर्देशन दिएका थिए ।

त्यसपछि मन्त्री बस्ने कुर्सीमा पुगिसकेका मन्त्री चौधरी फर्केर सभामुख बस्ने बायाँतर्फको ढोकाबाट संसद् बैठक प्रवेश गरेका थिए ।

सदनमा कुनै सदस्यले बोलिरहेको समयमा सभामुख र सदस्यको बीचबाट बाटो काट्न वा सभामुखलाई पिठ्युँ देखाएर प्रवेश गर्न नपाइने प्रतिनिधिसभा नियमावलिमा व्यवस्था छ ।

सभामुख सापकोटाले नेपाली कांग्रेसका मन्त्री चौधरीलाई त्यस्तो निर्देशन दिएपछि नेकपा (एमाले) का सांसदहरुले टेबल ठोकेर समर्थन जनाएका थिए ।




भर्खरै