१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिलाई समितिमा बोलाएकामा सुजाताको आपत्ति



अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले संसदीय समितिमा छलफलका लागि प्रधानसेनापतिलाई बोलाएकोप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको थियो ।

नेत्री कोइरालाले एसपीपीसम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वयं प्रधानसेनापति शर्माले स्पष्ट पार्दासमेत प्रधानसेनापतिलाई संसदीय समितिको बैठकमा बोलाउनु आपत्तिजनक भएको बताउनुभयो ।

मुलुकको प्रधानसेनापतिलाई यसरी समितिको बैठकमा बोलाउँदा कारबाही गरेजस्तो भएको भन्दै उहाँले यस्ता क्रियाकलापबाट अरु मुलुकले के भन्छन् भनी प्रश्न गर्नुभयो ।

धेरै राष्ट्रवादी कुराले मुलुकको विकास हुँदैन भन्दै उहाँले समितिमा धेरै राष्ट्रवाद देखिएको टिप्पणी गर्नुभयो । नेपाली सेना चीन पनि गएको छ तर सोबारे कुनै कुरा नहुने गरेको उहाँले बताउनुभयो । “जब भारत र अमेरिकाको कुरा आउँछ, अनि नेपाल अफगानिस्तान बन्छ भनिन्छ”, उहाँले प्रश्न गर्नुभयो, “यस्तो आशंका किन गरिन्छ ?”

यद्यपि समितिका सभापत पवित्रा निरौला खरेलले एसपीपीका सम्बन्धमा सडक र संसदमा नै  कुरा उठिसकेपछि प्रधानसेनापतिलाई छलफलका लागि बोलाइएको भन्दै कारवाहीका लागि नभएको स्पष्ट पार्नुभयो ।