११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्रियसभा बैठक: परिपक्व कूटनीतिक र असंलग्न पराराष्ट्र नीति दृढतापूर्वक कार्यान्वय गर्न सुझाव

राष्ट्रियसभा बैठक: परिपक्व कूटनीतिक र असंलग्न पराराष्ट्र नीति दृढतापूर्वक कार्यान्वय गर्न सुझाव
अ अ+ अ-

काठमाडौँ । ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपिपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुने बताउनुभयो ।

उहाँहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न, अन्र्राष्ट्रियस्तरको सन्धिसम्झौता गर्नुअघि राष्ट्रिय सहमति कायम गर्न तथा परराष्ट्र नीति मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि जहिले पनि एक भएर उभिन सरकारलाई सुझाव दिनुभयो ।

सांसद बामदेव गौतमले अमेरिकाले प्रस्ताव गरेको एसपिपी सम्झौताका बारेमा सरकारले प्रस्ट पार्नुपर्ने बताउनुभयो । “यति महत्वपूर्ण विषयमा राष्ट्रलाई गुमराहमा राख्न हुँदैनथ्यो, संसद्को गरिमालाई कायम राख्न प्रधानमन्त्री स्वयम् उपस्थित भएर संसद्लाई जानकारी दिनुपर्दथ्यो,” उहाँले भन्नुभयो ।

एसपिपी सम्झौतको सुरुआत जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको तथ्य प्रस्तुत गर्दै उहाँले सबैले सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्ने बताउनुभयो । “सत्य बताउँदा कोही पनि सानो हुँदैन, पार्टी र व्यक्तित्व सानो हुँदैन,” उहाँले भन्नुभयो ।

सांसद प्रकाश पन्थले परराष्ट्र सम्बन्धका बारेमा सबै संवेदनशील बन्नुपर्ने बताउनुभयो । “कूटनीतिक सम्बन्ध घरझगडा, छिमेकीसँगको झगडा जस्तो पनि होइन, एकले अर्कालाई अरोप लगाउन हुँदैन,” उहाँले भन्नुभयो, “संवेदनशील भएर कूटनीतिक सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।”

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले अमेरिकाले प्रस्ताव गरेको भनिएको ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपिपी)  को मस्यौदाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो । “यसबारेमा सरकारले जनतालाई सत्यत्थ्य जानकारी दिनुपर्छ,” उहाँले भन्नुभयो ।

सांसद उर्मिला अर्यालले सरकारमा हुँदा र बाहिर हुँदा फरक देखाउने चरित्रले मुलुकको राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको सन्धिसम्झौता गर्नुअघि राष्ट्रिय दलहरुसँग बृहद् छलफल गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सबैले राष्ट्रिय धारणा बनाउनुपर्छ, आफू सत्तामा हुँदा गल्ती दोहोर्याउने, सरकारबाट हटेपछि अर्कालाई आरोप लगाउन पाइन्छ ।”

सांसद मोहम्मद खलिदले स्वाधीनता, अखण्डता र सार्वभौमिकतालाई दृष्टिगत गरी मुलुकको परराष्ट्र नीति बन्नुपर्ने बताउनुभयो । सांसद उदयबहादुर बोहराले सत्तामा हुँदा मुलुकको हित विपरीतका काम गर्ने र सत्ताबाट बाहिरिएपछि राष्ट्रवादी बन्ने प्रवृत्तिले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो । “सरकारमा होस् वा प्रतिपक्षमा होस् हाम्रो परराष्ट्र नीति मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि जहिले पनि एक भएर जानुपर्छ,” उहाँले भन्नुभयो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९’ पेस गर्नुभयो ।