२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाकोट दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत



अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाले ज्यान गुमाएका छन् । 

मंगलबार बिहान चार बजे गैँडाकोट १० स्थित ‘२३ स्मृति पुल’ नजिक भएको सवारी दुर्घटनामा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।

बर्दिया जिल्ला बासवारी नगरपालिका ८ बस्ने बर्ष अन्दाजी ७० की योग माया सुवेदीको भरतपुर सरकारी अस्पताल, चितवनमा, कञ्चनपुर जिल्ला बस्ने बर्ष अन्दाजी ३५र४० कि रंगी तिरुवाको नयाँ मेडिकल कलेज, चितवनमा र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अन्दाजी ३०र३५ को कृष्ण रानाको नयाँ मेडिकल कलेज, चितवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भई बस १० फिट तल खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको उपचार भइरहेको र घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।