२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या



अ+ अ-

राँझा । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५० जनाको क्षमता रहेको कारागारमा हाल ७५३ जना कैदीबन्दी राख्नुपरेको नेपालगञ्ज कारागारका प्रमुख रामकुमार सोनकरले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण गर्मी समयमा अलि बढी समस्या हुने गरेको छ । नेपालगञ्जमा यतिबेला अत्यधिक गर्मी भएका कारण कैदीबन्दीमा लुतो लगायतका सरुवा रोग र शौचालयको समस्या हुने गरेको छ ।

जीर्ण अवस्थामा रहेको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्नुपर्दा छालालगायत विभिन्न सरुवा रोगको समस्या देखिएको कारागारका स्वास्थ्य शाखा प्रमुख कविराम बुढाथोकीले जानकारी दिनुभयो । अहिले गर्मीका कारण कैदीबन्दीहरु दैनिकजसो बिरामी पर्ने गरेको उहाँको भनाइ छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राख्नु परेकाले उनीहरुले न्यूनतम सुविधासमेत पाउनबाट वञ्चित बनेका छन् ।

कैदीबन्दीलाई व्यवस्थित रूपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका–३ नौंबस्तामा तीन हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको कारागार प्रमुख सोनकरको भनाइ छ । उहाँले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाइ हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताउनुभयो ।