१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

देउखुरी । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो ।

बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो ।

गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिनुभयो ।