२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमै अनशन बसे पुन्य गौतम



अ+ अ-

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आउने पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसेका छन् । 

आइतबार पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । उनले त्यहीँ अनसन थालेका हुन् । 

युट्युवमा अन्तवार्ता दिँदै ‘भाइरल’ बनेका गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको छ । यद्यपि गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले बाहिर ल्याएको छैन ।