२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ फरार अभियुक्त पक्राउ



अ+ अ-

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । 

पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका–४ का लोकबहादुर भट्ट, सरकारी कागजात किर्तेशीर्षक मुद्दामा सजाय सुनाइएका शहीद लखन–७, का अनिल तिवारीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै लागुऔषध मुद्दा सजाय सुनाइएका शहीद लखन गाउँपालिका–६ का नारायण योगी र गोरखा नगरपालिका–९ का रवीन खत्रीलाई पनि पक्राउ गरी जेलचलान गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका अन्य १८ जना अभियुक्तलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइ जरिवाना असुल उपर गरी छोडिएको उपरीक्षक दाहालले जानकारी दिनुभयो । (रासस)