२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल

पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताउनुभएको छ । 

मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताउनुभयो । 

पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राख्नुभएको छ । “हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,” ढकालले भन्नुभयो, “पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।”

कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्नुभएको छ । 

ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले आफूहरुले हालैमात्र ग्लोबल आईएमई बैंकका कर्मचारीलाई सुविधास्वरुप उपलब्ध गराउँदै आएको वार्षिक १५ दिनको बिदामध्ये सात दिन अनिवार्य रुपमा नेपालभित्रै घुम्नुपर्ने व्यवस्था गरेको स्मरण गराउनुभयो । 

उहाँले भन्नुभयो, “ग्लोबल आइएमई बैंकमा लगभग ३५ सय कर्मचारी छन्, ति कर्मचारीको परिवारले सात दिनमात्र पनि आन्तरिक गन्तव्यमा घुम्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखेर नै यस्तो व्यवस्था गरेका हौं, यो व्यवस्थाले लुम्बिनीसहित पोखरा, चितवन लगायतका क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं ।” 

सरकारले ल्याएको बिदा पर्यटनसम्बन्धी कार्यक्रम कार्यान्वयन हुन नसकीरहेका बेला आफूहरुको सानो प्रयासले दूरगामी महत्व राख्ने ढकालको विश्वास छ । ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकतावद्ध आवाज बनाउनुपर्नेमा जोड दिनुभयो । 

बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै यसमा अझै अपुग रहेको उहाँको भनाइ छ । सिद्धार्थ उद्योग वाणिज्य संघ महासंघको संस्थापक र सबैभन्दा पुरानो सदस्य समेत भएकाले यसको सुझावले महासंघलाई नै मार्गनिर्देश गर्ने उहाँले बताउनुभयो ।