२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा

१ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोईन सहित ७ जना पक्राउ

१ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोईन सहित ७ जना पक्राउ
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोईनसहित सात जना महिलालाई पक्राउ गरेको छ ।

बिहीवार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोईनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको बताउनु भयो ।

उहाँले विगतमा पनि लागु औषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जादाँ ५१ केजी हेरोईन फेला परेको बताउनु भयो । उहाँले बरामत गरिएको ५१ केजी हेरोईन अहिलको बजार मूल्य अनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउने स्पष्ट पार्नुभयो । प्रमुख श्रेष्ठले पक्राउ परेका सातैजना दक्षिण अफ्रिकाका महिला नागरिक रहेको बताउनु भयो । उहाँका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रमुख श्रेष्ठले प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभूवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिन भित्रमा नियन्त्रणमा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हामीले विगत लामो समयदेखि विशिष्टिकृत भएर काम कारबाही गरेको अवस्था छ । नेपाललाई ट्रान्जिट बनाएर अन्य देशमा कारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन विमानस्थल प्रयोग गरी लागु औषध कारोबार गरिरहेको विगतमा पनि पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाने क्रममा जेठ ३० गतेदेखि आजसम्म गरेर ७ जना पक्राउ गरेर ५१ केजी हेरोईन बरामद गरेका छौं । यो कारबाहीको क्रममा अहिलेसम्मकै ठूलो परिणामको लागुऔषध र संसारकै महँगो लागुऔषधमा गनिन्छ । ५१ केजीसहित ७ जना महिला पक्राउ परेका छन् । ५१ केजी हेरोईनको १ अर्ब २ करोड नेपाली रुपैयाँ बराबरको हुन आउँछ ।

गत जेठ २९ गतेल शुरुमा दक्षिण अफ्रिका, दुबई हुँदै नेपाल आइपुगेका दुईजना अफ्रिकन नागरिक मुरिल नसाम्बा र थान डेकीले सिबिसीलाई ३० गते ठमेलको एक होटलबाट पक्राउ गरेको थियौं । दुई जनासँग ८/८ केजी हेरोईन भेटियो । त्यस्तै ३० गते नै ठमेलको एक होटलबाट खोजतलासी गर्दा अर्का एकजना थभोनी थाबालालालाई पक्राउ गरेका थियौँ । सम्भवत अहिलेसम्मकै ठूलो अप्रेशन चलाएको हो । गत जेठ २९ मा ब्यूरोले १६ केजी लागु औषधसहित २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो ।’

आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनी थाबालाला पक्राउ गरिएको प्रमुख श्रेष्ठले बताउनु भयो । पक्राउ परेकाहरुमध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र ५ जना पहिलोपटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको बताउनु भयो ।