११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति छ– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णयप्रति असहमति जनाउनुभएको छ । उहाँले ट्विट गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको उल्लेख गर्दै सो निर्णयप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको बताउनुभएको छ ।

उहाँले आज बिहान भएको पार्टीको छलफलमा आफूलगायत केही नेताहरुले सो निर्णयप्रति मतभेद राखिसकेको भन्दै एमसीसी अनुमोदन गर्ने निर्णय पार्टीको महाधिवेशनविरुद्ध र गलत रहेको उल्लेख गर्नुभयो ।