२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध आशिफ शेखको अर्धशतक



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमानबीचको खेल जारी छ ।

नेपालका ब्याट्सम्यान आशिफ शेखले अर्धशतकीय पारी खेलेमन छन् । वैशाखमा नेपालमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट ओपनरको भूमिका निर्बाह गर्दै पहिलो पकट एकदिवसीय टोलीमा परेका उनले ओडीआई करिअरको पहिलो अर्धशतक बनाएका हुन् ।

नेपालका लागि ओपनरको रुपमा क्रिजमा आएका आशिफले ६२ बलमा ५ चौकासहित ५० रन पूरा गरेका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले १९.३ ओभरमा २ विकेटको क्षतिमा ८८ रन जोडेको छ ।