२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य
अ अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमानबीचको खेल जारी छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओमानसामु ४७.४ ओभर खेल्दै १९७  रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि आशिफ शेखले सर्वाधिक ११२ बलमा ९० रनको योगदानी दिए । उनले ७ चौका र १ छक्का प्रहार गरे । 

उनले बाहेक अन्य नेपाली खेलाडीले त्यती राम्रो स्कोर बनाउन सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २१ रन, रोहित पौडेलले ३४ बलमा २० रन बनाए । सन्दीप लामिछानेले १ चौका र १ छक्का प्रहार गर्दै १० बलमा १६ रन बनाए । 

यता ओमानका लागि बिलाल खानले १० ओभरमा १ मेडनसहित ४७ रन खर्चिएर ४ विकेट लिए । यस्तै नेस्टर धाम्वाले ५ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । मोहम्मद नदिमले ७ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।