२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमानबीचको खेल जारी छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओमानसामु ४७.४ ओभर खेल्दै १९७  रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि आशिफ शेखले सर्वाधिक ११२ बलमा ९० रनको योगदानी दिए । उनले ७ चौका र १ छक्का प्रहार गरे । 

उनले बाहेक अन्य नेपाली खेलाडीले त्यती राम्रो स्कोर बनाउन सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २१ रन, रोहित पौडेलले ३४ बलमा २० रन बनाए । सन्दीप लामिछानेले १ चौका र १ छक्का प्रहार गर्दै १० बलमा १६ रन बनाए । 

यता ओमानका लागि बिलाल खानले १० ओभरमा १ मेडनसहित ४७ रन खर्चिएर ४ विकेट लिए । यस्तै नेस्टर धाम्वाले ५ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । मोहम्मद नदिमले ७ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।