२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा सङ्क्रमणदर बढ्यो, एकैदिन ७० जनामा पुष्टि



अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर ह्वात्तै बढेको छ । आज यहाँ थप ७० मा सङ्क्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मङ्गलबार तेब्बरभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा सङ्क्रमण देखिएको थियो ।  

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार २२ जनाको नमूना परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत ४१ र एन्टीजेन विधिमार्फत २९ मा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६, जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालमा पाँचरपाँच, महाकाली अस्पतालमा तीन र कमलबजार अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा २०, दार्चुलामा छ, कैलाली बाजुरा र बझाङका एकरएक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।गएको २४ घण्टामा प्रदेशभर २४ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।