२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाका ठकुरी बस्तीमा गौरा पर्व सुरु



अ+ अ-

हुम्ला । हुम्लाका ठकुरी बस्तीमा आजदेखि गौरा पर्व सुरु भएको छ । विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । सोहीअनुसार नाम्खा गाउँपालिकाबाहेक अन्य पालिकाका वडामा बसोबास गर्दै आएका ठकुरीहरुले आजदेखि धुमधामका साथ गौरा पर्व मनाउने गर्दछन् । धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । 

बर्तालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका–७ डाँडाफयाँ निवासी मन्दिर सिंहले जानकारी दिनुभयो । घर आसपासका खेतमा गई सामूहिकरूपमा महिलाले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै बर्तालु महिलाको सहभागितामा गौरा भित्र्याइसकेपछि महिलाले महेश्वर ९शिव० र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहले बताउनुभयो । 

लोग्ने मानिसले ढाल तरबार खेल्ने र व्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने कार्यमा सहभागी हुने गर्छन् । गौरा पर्वमा विशेषगरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ । पूजा गर्दा अक्षताका रूपमा ‘बिरुडा’ ९गहुँ, मास, गहत, गुराँस र कलौ० पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताउनुभयो । 

बिरुडालाई आफन्त, छरछिमेक तथा इष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको उहाँले बताउनुभयो । यसरी गौरा भित्र्याई पूजाको काम सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ । 

त्यस्तै भक्तालु महिला आज ठकुरी बस्तीमा रहेका शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा ९भगवती० र महेश्वर ९शिव० को पूजा गर्न व्यस्त देखिन्छन् । अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिकारूपमा पाउन गरिएको उपबासको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किम्वदन्ती छ ।