६ श्रावण २०८३, बुधबार
,
Latest
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट कति जना प्रतिनिधि चयन हुन्छन्



अ+ अ-

काठमाडौं । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट पार्टीको वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जानकारी दिनुभयो । काँग्रेसको विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने छन् । 

वडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधिसरह महाधिवेशन प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ।

कुनै एउटा वडामा १५० भन्दा बढी क्रियाशील सदस्य भएको हकमा भने प्रतिएक सय क्रियाशील सदस्यता बढ्दा १० क्षेत्रीय प्रतिनिधि बढ्ने छन् । यस पटक काँग्रेसले अहिलेसम्म एउटा वडामा बढीमा सात सय जनालाई क्रियाशील सदस्यता दिएको छ । न्यूूनतम भने १५० वा सोभन्दा कम क्रियाशील सदस्य भए पनि वडाबाट एक सभापति र १५ क्षेत्रीय प्रतिनिधि गरी जम्मा १६ जना नै क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा महिला, दलित, आदिवासीरजनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएका क्षेत्रको समानुपातिक आधारमा प्रतिनिधिको निर्वाचन गराउनुपर्ने छ ।

समितिका सदस्य अधिवक्ता केसीले सबै वडाको अधिवेशन पूरा हुँदा कति क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भन्ने विवरण भने अहिले तयार हुन नसकेको जानकारी दिनुभयो । त्यसका लागि सबै वडाको अधिवेशन प्रक्रिया सम्पन्न हुनुपर्ने छ ।

काँग्रेसले अहिलेसम्म ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ भने २० जिल्लाको सदस्यता सूची सार्वजनिक गरिएको छैन । पार्टीको विधानअनुसार केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू क्षेत्रीय प्रतिनिधिमध्येबाटै चयन हुने छन् । यसका साथै जिल्ला र क्षेत्रीय कार्यसमितिको निर्वाचनमा समेत क्षेत्रीय प्रतिनिधि मतदाता हुन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।