३ पुष २०८२, बिहीबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट कति जना प्रतिनिधि चयन हुन्छन्



अ+ अ-

काठमाडौं । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट पार्टीको वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जानकारी दिनुभयो । काँग्रेसको विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने छन् । 

वडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधिसरह महाधिवेशन प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ।

कुनै एउटा वडामा १५० भन्दा बढी क्रियाशील सदस्य भएको हकमा भने प्रतिएक सय क्रियाशील सदस्यता बढ्दा १० क्षेत्रीय प्रतिनिधि बढ्ने छन् । यस पटक काँग्रेसले अहिलेसम्म एउटा वडामा बढीमा सात सय जनालाई क्रियाशील सदस्यता दिएको छ । न्यूूनतम भने १५० वा सोभन्दा कम क्रियाशील सदस्य भए पनि वडाबाट एक सभापति र १५ क्षेत्रीय प्रतिनिधि गरी जम्मा १६ जना नै क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा महिला, दलित, आदिवासीरजनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएका क्षेत्रको समानुपातिक आधारमा प्रतिनिधिको निर्वाचन गराउनुपर्ने छ ।

समितिका सदस्य अधिवक्ता केसीले सबै वडाको अधिवेशन पूरा हुँदा कति क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भन्ने विवरण भने अहिले तयार हुन नसकेको जानकारी दिनुभयो । त्यसका लागि सबै वडाको अधिवेशन प्रक्रिया सम्पन्न हुनुपर्ने छ ।

काँग्रेसले अहिलेसम्म ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ भने २० जिल्लाको सदस्यता सूची सार्वजनिक गरिएको छैन । पार्टीको विधानअनुसार केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू क्षेत्रीय प्रतिनिधिमध्येबाटै चयन हुने छन् । यसका साथै जिल्ला र क्षेत्रीय कार्यसमितिको निर्वाचनमा समेत क्षेत्रीय प्रतिनिधि मतदाता हुन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।