२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

६७ जिल्लामा विवाद मिल्यो



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको १४औँ  महाधिवेशनको  प्रक्रियाअन्तर्गत हालसम्म ६७ जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेको  छ । 

मङ्लगबार थप १० वटा जिल्लाको विवादको  किनारा  लगाएको काँग्रेसले जनाएको छ  । अब १० जिल्लाको  क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी छ ।

वडा अधिवेशनको  कार्यतालिका नजिक आएपछि पार्टीले क्रियाशील विवाद मिलाउन बाँकी रहेको जिल्लाको समस्या  सुल्झाएको जानकारी  एक  पदाधिकारीले दिएका छन् । 

काँग्रेसको महाधिवेशनको कार्यतालिकाअन्तर्गत आगामी असोज ५ गते २० जिल्लामा वडा अधिवेशन हुँदैछ । यसका  साथै  बाँकी  रहेका  १०  जिल्लाको विवाद क्रियाशील सदस्यताको सूची पनि बुधबारसम्म सार्वजनिक गरिने छ  ।  

यसका  लागि  पार्टीको  नेताहरू निरन्तर रूपमा छलफलमा जुटेको  जानकारी काँग्रेसको केन्द्रीय कार्यालयले दिएको छ ।