२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

६७ जिल्लामा विवाद मिल्यो



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको १४औँ  महाधिवेशनको  प्रक्रियाअन्तर्गत हालसम्म ६७ जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेको  छ । 

मङ्लगबार थप १० वटा जिल्लाको विवादको  किनारा  लगाएको काँग्रेसले जनाएको छ  । अब १० जिल्लाको  क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी छ ।

वडा अधिवेशनको  कार्यतालिका नजिक आएपछि पार्टीले क्रियाशील विवाद मिलाउन बाँकी रहेको जिल्लाको समस्या  सुल्झाएको जानकारी  एक  पदाधिकारीले दिएका छन् । 

काँग्रेसको महाधिवेशनको कार्यतालिकाअन्तर्गत आगामी असोज ५ गते २० जिल्लामा वडा अधिवेशन हुँदैछ । यसका  साथै  बाँकी  रहेका  १०  जिल्लाको विवाद क्रियाशील सदस्यताको सूची पनि बुधबारसम्म सार्वजनिक गरिने छ  ।  

यसका  लागि  पार्टीको  नेताहरू निरन्तर रूपमा छलफलमा जुटेको  जानकारी काँग्रेसको केन्द्रीय कार्यालयले दिएको छ ।