काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत हालसम्म ६७ जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेको छ ।
मङ्लगबार थप १० वटा जिल्लाको विवादको किनारा लगाएको काँग्रेसले जनाएको छ । अब १० जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी छ ।
वडा अधिवेशनको कार्यतालिका नजिक आएपछि पार्टीले क्रियाशील विवाद मिलाउन बाँकी रहेको जिल्लाको समस्या सुल्झाएको जानकारी एक पदाधिकारीले दिएका छन् ।
काँग्रेसको महाधिवेशनको कार्यतालिकाअन्तर्गत आगामी असोज ५ गते २० जिल्लामा वडा अधिवेशन हुँदैछ । यसका साथै बाँकी रहेका १० जिल्लाको विवाद क्रियाशील सदस्यताको सूची पनि बुधबारसम्म सार्वजनिक गरिने छ ।
यसका लागि पार्टीको नेताहरू निरन्तर रूपमा छलफलमा जुटेको जानकारी काँग्रेसको केन्द्रीय कार्यालयले दिएको छ ।










