७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हाटबजार कृषि उपज तथा पशुपक्षी बिक्री गर्ने थलो बन्दै

हाटबजार कृषि उपज तथा पशुपक्षी बिक्री गर्ने थलो बन्दै
अ+ अ-

टीकापुर । कैलालीको टीकापुर क्षेत्रका किसानले हाटबजारलाई कृषि तथा पशुपक्षी उपज बिक्री गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । पछिल्लो समय किसानले हाटबजारमा आफ्नो बारीमा उत्पादित तरकारी बिक्री र आफूले पालेका पशुपक्षी किनबेच गर्ने गरेका छन् ।

टीकापुर नगरपालिका–१ मा कृषि हाटबजार सातामा चार दिन र पशु हाटबजार एक दिन सञ्चालन हुन्छ । हाटबजार सञ्चालनमा आउँदा कृषकलाई सहजतासँगै आम्दानी बढेको छ । कृषि तथा पशुपक्षी उपजको बिक्री थलो सुनिश्चितता हाटबजार नै उपयुक्त स्थान रहेकाले किसानले उत्पादन गरेको कृषि उपजले राम्रो र उचित मूल्य पाउनुका साथै सहजरूपमा बिक्री गर्ने वातावरण मिलेको किसान बताउँछन् ।

किसान मानबहादुर चौधरीले हाटबजारले किसानलाई खेती र पशुपालनमा हौसला मिलेको बताउनुभयो । “उत्पादन भएको कृषि उपज बिक्री हाटबजारमै हुन्छ, थोरै–धेरै जति भए पनि आफैँले लगेर बिक्री गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाटबजारले किसानको अर्थावस्थामा सुधार ल्याएको छ । किसानले कृषिमा भविष्य छ भनेर रुचाउन थालेका छन् ।”

टीकापुरको ब्लक नं ११ र कृषि हाटबजारस्थल गरी दुई स्थानमा साताको चार दिन हाटबजार लाग्ने गर्छ । ब्लक नंं ११ मा मङ्गलबार र शुक्रबार र हाटबजारस्थलमा बुधबार र शनिबार बजार लाग्छ । पशु हाटबजार भने हरेक साताको मङ्गलबार लाग्ने गर्दछ । यसरी हरेक साताको चार दिन लाग्ने हाटबजारमा स्थानीय कृषकले उत्पादन गरेको विभिन्न तरकारी बाली सहजरूपमा ल्याएर बेच्ने गरेका छन् ।

स्थानीय क्षेत्रका पायक पर्ने ठाउँमा हाटबजार लाग्दा किसान सहजै कृषि उपज ल्याएर बेच्ने गरेका किसान राजकुमारी चौधरीले बताउनुभयो । “कृषि उपज बेच्न कृषक र उपभोक्ताबीच जमघट हुँदा यसले कृषि गर्न चाहनेलाई पनि हौसला मिल्छ, साथै ताजा तरकारी खान पाइन्छ”, चौधरीले भन्नुभयो, “हाटबजारमा कृषि उपजदेखि विभिन्न खाद्यवस्तु र स्थानीय परिकार, लुगाकपडासमेत बिक्री हुने गरेका छन् ।”

हाटबजारले स्थानीय कृषकको आयआर्जनमा वृद्धि गरेको छ । घरको करेसाबारीको उत्पादनदेखि लिएर व्यावसायिकरूपमा खेती गर्ने किसानको जीविकोपार्जन र आर्थिक स्रोतका रूपमा हाटबजारले सहयोग पुग्ने गरेको भोजरानी चौधरीले बताउनुभयो । “काममा व्यस्त पनि रहने, उत्पादन बिक्री गरेर जीविका चलाउन सजिलो भएको छ”, उहाँले भन्नुभयो, “अहिले स्थानीय तह, सिँचाइ आयोजना कृषितर्फ लगायतले कृषिमा लागेकालाई अनुदान, औजार सहयोग, प्राविधिक सहयोगजस्ता कार्यसमेत गर्दै आएका छन् । यसले कृषिमा थप आकर्षण बढेको छ ।”

टीकापुर नगरपालिकाको सहयोगमा तीन वर्षदेखि ब्लक नं ११ र हाटबजारस्थल जमरा नदी किनारमा १५ वर्षदेखि हाटबजारका लागि टहरा निर्माण भई सञ्चालनमा आएको हो । हाटबजारमा टीकापुरका वडा नं १, २, ३, ४, ५, ६ र आसपासका पालिका जानकी र जोशीपुर गाउँपालिकाका किसानसमेत आफ्नो कृषि उत्पादन बेच्न आउने गरेका छन् ।